889 bytes added,
05:42, 20 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=राज माङ्लाक
|अनुवादक=
|संग्रह= लिम्बुनी गाउँ / राज माङ्लाक
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
दुःखी हुँदा पनि पिउनु पर्ने
दुःखी जीवनको नाउँमा
खुशी हुँँदा पनि पिउनु पर्ने
सुखी जीवनको नाउँमा
जीवन त भोग्ने हो भनेरै पिएथे– हरिभक्त कटुवालले पनि
तर, मसँग
आज केही छैन निउँ – रक्सी पिउनलाई
यसर्थ–
यही एक्लैसँग
भर्जिन एक्लैका लागि
चियर्स !
</poem>