1,246 bytes added,
05:43, 20 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=राज माङ्लाक
|अनुवादक=
|संग्रह= लिम्बुनी गाउँ / राज माङ्लाक
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
लबस्तरो समय–
ब्यूँझिदा बिहानीले च्याइरहेको हुन्छ
खाना खानुअघि नै मध्यदिनले सिमाना तरेर
जोगमुनी पुगिसकेको हुन्छ
एक बटुको जाँड र भुटेको मकै भटमास खान नपाउँदै
आँखाका परेलामा साँझले पिङ खेल्न थालिसकेको हुन्छ
'मेड इन चाइना,
आज छ भोलि छैन'
लेखिएको, खासाको मोवाइल सेटबाट
आफ्नी प्यारी प्रेमिकालाई फोन गर्न नपाउँदै
आधारातले अर्को गोलाद्र्ध टेक्न खुट्टा उचालिसकेको हुन्छ ।
कठै !
</poem>