1,879 bytes added,
02:39, 26 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=लालबहादुर आउँमासी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सुन सुन पाँच हो! म केही भन्छु ।
अगम संङ्ग्रामको सवाई कहन्छु ॥
सबै कुरा छाडी येक कुरा भन्छु ।
भोटमा भयेको लडाइँ कहन्छु ॥१॥
रनप्रिया लेटर कुतितिर गयो।
सबैलाई भन्नु तिनैलाई भयो ॥
कलिमा कालो मैलो कुतिया थियो।
रनप्रिया लेटरले जिउ पनि दियो ॥२॥
मन्त्री बिनु लडाइँ बिग्रन गयो।
सिपाहीको बरकत् उसै खेर गयो ॥
अघिदेखि भोटेले भन्दै पनि थियो।
सन्सरबारका दिन राहदानी लियो ॥३॥
झम्टी झम्टी भोटेहरू आउँदै पनि थिया।
राजका ताना बाना सबै लुटिलिया ॥
लेटरको सिपाहीलाई इशारा दिया।
भोटेको चिनु बाउँहात्मा लिया ॥६॥
कार्तिक वदी दशमी आइतबार।
पूर्वाषाढ नक्षत्रमा साइत सार ॥
काला राहुत् सङ्खासुरका हात पनि पर्यो ।
अफिसर्को बुद्धि पनि तेसै दिन हर्यो ॥८॥
</poem>