Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
एक डङ्गुर फोहोर थियो
फोहोर अझै
अझै फोहोरमात्र
थपिँदो थियो ।
आकाशे पुलबाट
नाक थुनेर
म त्यहाँ पुगेँ
धुवाँले भतभती पोलेर
आँखामा पट्टी कसेपछि
हातमा लौरो बोकेर
म त्यहाँ पुगेँ ।
लौरोले खोजेँ
घोचेर हेरेँ
सुमसुम्याएर हेरेँ
फोहोरको थुप्रोभित्र ।
केही चटपटायो ।

त्यहीँ मेरो देश
तिम्रो बाहुपाशमा निसासिएको थियो ।

</poem>
Mover, Reupload, Uploader
10,369
edits