1,122 bytes added,
10:55, 16 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
दुइटा हात थिए
त्यहाँ दुई हात जोडिए
यो सृष्टि ब्रम्हाण्ड
जोरियो सम्पूर्णातिसम्पूर्ण ।
आफ्नो भीरुपनले गलेपछि
तिमीले मलाई कैद गर्यौ ।
अहिले अहङ्कार भरिएको छ
तिम्रो प्रियतर आवरणमा
दुष्टताले सिँगारिएको छ ।
पराजित हुने आशङ्कामा
तिमी ममाथि विजयझन्डा गाड्छौ ।
मैले जितेँ
तिमीले हार्यौ / मैले हारिदिएँ
त्यसैले तिमीले जित्यौ ।
</poem>