5,043 bytes added,
11:10, 16 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= कञ्चन पुडासैनी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
गाउँलेले उठाएछ आज जागृतिको फणा,
आऊ शहरकी शोभा ! काम गर्न निमन्त्रणा ।
छ गाउँ फर्कने वेला, तर हेर कहाँ तिमी,
आऊ शक्ति भए, यौटा मेला रोज यहाँ तिमी ।
तिमी पलङकी रानी, सुकुलैमा सुते अरू,
नत्र तिम्रो प्रशंसा खै ? खै तिम्रा महिमाहरू ?
म सराप्तछु ती केही मनमोजीहरूप्रति
मजदूरहरूसङ्ग भीख माग्नुपरोस् पछि ।
हेर यी देशवासीका एक-एक मुहार ए,
दिलमा लाख मान्छेका यादका घाउ पार ए !
फूल लाओस् तिमीलाई जन-संसारले यहाँ,
बरु योमाथि श्रद्धा पो छ कि छैन तिमीकहाँ ?
सोध ती को थिए जल्ले लाल गोलीहरू पिए,
यी विना ' वीर नेपाली ' हुन के सम्भवै थिए ?
यिनका मांसपेशी जो तरङ्गिन्छन् प्रयासमा,
सिर्जना चल्छ धर्तीको तमबाट प्रकाशमा ।
तिमी कोही वरै खोज्छयौ त केही बेस छन् यिनै,
हे केटी। काइदासाथ यहीं रोज यवा कुनै ।
किन खालि विरामी झै डल्छयौ मोटरकारमा,
यहाँ आऊ, खुलेआम कदिहेर वहारमा ।
बोलाइन्छ जहाँ यात्री गीतपूर्ण पुकारले,
नयाँ प्रीति शुरू हुन्छ जुहारीको प्रकारले ।
दु:ख पाए पनि मान्छे अझसम्म छ गाउँदै,
पौड हे बैसकी पन्छी ! यो हवामा कराउँदै ।
रात्रिको शेषमै झस्की जाग्दछन् जन-जाँगर,
तिमी सन्ल्यौ छिमेकीका उख़ुदा द्वारका स्वर ।
तिमी पनि त निस्कौली काम गर्न छिटो शुरू,
जहाँ बेहानको राती उड्छन् डाँफेचरीहरू ।
सहयोग गरी हेर, क्या मजा सहयोगमा !
तिमीले पाउली मीठो शोक हाम्रो वियोगमा ।
सुखी हौली तिमी मान्छेहरूको प्रेममा परी
यहाँबाट उठी जानु कहिल्यै नपरोस्सरि ।
जगेडा नै रहोस् आज प्यारको विरही कुरो,
प्यारको रम्य सोपान रहिराखोस् घुमाउरो ।
दोबाटामा न खोपीमा प्यारको शुरुवात होस्,
प्यार हुन्छ त निर्माणस्थलमैं सूत्रपात होस् ।
मोहकारी छ त्यो देह चहारूँसरि चाहले आफ्नै
गाउँ-गुफातर्फ बगाऊँसरि बाहुले ।
तर हुन्नौ कुनै चर्चा-शैलमा हे सुलोचनी,
कुनै दन्त्य-कहानीकी कामिनीसरहै पनि ।
कुनै उद्योग खोलौं ल्यौ हार तिम्रो फुकाल ए,
आज ठूला-बडासङ्ग गरौं केही सवाल ए !
नउम्कोस् जिन्दगी तिम्रो अबला-जिन्दगी बनी,
रहोस् निर्माणको धोको मृत्युशय्याविषे पनि ।
महान् त जनता पो छ, योसँगै फैल बेसरी.
अनस्तित्व रहेकी हे एउटी भोगसुन्दरी !
गाउँमा पुगिने सानो गोरेटाबाट सुस्तरी
आऊ प्रवास छाडेर देशभित्र फिरेसरि ।
</poem>