1,176 bytes added,
11:33, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
एउटा समय आयो
र त्यस समयले
टुक्राटुक्रा पार्ने कोशिस गर्यो समयलाई ।
टुक्रिएका ऐनाका टुक्राजस्तो
पूर्ण भएरै रह्यो हरेक टुक्रामा समय ।
समय टुक्रियो टुक्राटुक्रामा तर
भएन विभाजित ऊ
सोचिरहेछ मानिस
समयले टुक्याएथ्यो समय आफैँलाई
तर किन विभाजित भएन समय
र गराइदियो विभाजन मानिस मानिसका बीच ?
</poem>