जान्न पाएको छु
जीवन, मात्र, अभिव्यक्ति एक
एक शुद्ध उच्चारण ।
हस,
जान देऊ बरु
भुलिहालें भूलहरु
एकत्र गरेर राखेको थिएँ
जे-जति जतनसित
मणि-माणिक्य भनेर,
तिम्रै नामको विशुद्ध-विन्यास
गर्न सकेछु जब, इहजीवन,
नाम नै तिम्रो,
भयो नि मेरो
जीवनको पूर्ण अभिव्यक्ति
त्यसै कारण,
ढोल पिटी, डुल्छु म, संसारभरि
वेला शेष आएर
तिम्रै पदनेर
रहन्छु बसी ।