Last modified on 16 फ़रवरी 2022, at 14:25

समयको शब्दहरूमा अवतरण / गोपाल पराजुली

देशको यस वर्तमानका लागि
तिमी दोषी छौ
भनिरहेछु।
मेरो देश मलाई
मेरो सपनाको लागि
प्रिय छ ।
देशप्रति
तिम्रो द्रोह
मलाई मन्जूर छैन र उठिरहेछु ।
तिमी मेरो शत्रुको
योजनाअनुसार
काम गरिरहेछौ हेरिरहेछु ।
तिमीसित मुक्ति पाउनु
मेरो स्वार्थ हो
म यस स्वार्थलाई सार्वजनिक गर्छु ।
तिमीलाई
अन्तिम बिदाइ गर्ने
समय आएको छ हेरिरहेछु ।
तिम्रो लागि
पलायनको यही अवसर हो
तिमी भाग ।

नयाँ शासनको प्रतीक्षा गरिरहेछु ।