Last modified on 12 सितम्बर 2024, at 11:30

साला किस्मत / मौन आवाज

साला किस्मत !
मान्छेको जीवनसँग
ताज्जुब - ताज्जुब खेल खेल्छ !
जा
फूल रोप भनेर काँडा दिन्छ
प्रेम गर भनेर हतियार दिन्छ !

अरे - यार !
अँध्यारो कसलाई पसंद हुन्छ ?

साला किस्मत !
आँखा थुतेर
ताज्जुब - ताज्जुब खेल खेल्छ !
झुपडी - खेत - खलियान
दोस्त - सपना र यात्रा
माँ - बाप और गाउँ लुटेर
परदेश जा - भन्छ !

र खडा गर्छ
मेरो ठाउँमा अर्कै मानिस !

मेरो बच्चाहरूलाई अनाथ बनाउँछ
र भन्छ -
"बिन बाप के औलाद !"

जिउँदै मलाई मार्छ
मेरो तस्विरमा माला चढाउँछ
र मेरो स्वास्नीको शरीरमाथि घोप्टिन खोज्छ !

साला किस्मत !
मलाई शरणार्थी बनाउँन चाहन्छ !
लेकिन
म आफ्नो देशमा बिल्कुल फर्कने छु !

और
हारामी किस्मतको निधारमै गोली ठोक्ने छु
म आफ्नो किस्मत खुद लेख्ने छु !

०००