Last modified on 2 फ़रवरी 2022, at 13:29

हा हा रेलिमाई / मित्रसेन

हा हा रेलिमाई बैसार जाँदो बैसाख
लाग्दो, रेलिमाई सालकै पात पलाई
पलाई, रेलिमाई सालकै पात पलाई
पलाई, रेलिमाई सालकै पात पलाई

हा हा रेलिमाई भनेको त कलाई
कलाई, रेलिमाई मारेको त मलाई
मलाई, रेलिमाई मारेको त मलाई
मलाई, रेलिमाई मारेको त मलाई

हा हा रेलिमाई बादलमुनि फाटो
माथि, रेलिमाई जफर्केको पाटी
पाटी, रेलिमाई जफर्केको पाटी
पाटी, रेलिमाई जफर्केको पाटी

हा हा रेलिमाई देखेन् पछि मया
लाउला, रेलिमाई नदेखेको जाती
जाति, रेलिमाई नदेखेको जाती
जाति, रेलिमाई नदेखेको जाती

हा हा रेलिमाई हिमालचुली आँख
आँख, रेलिमाई जोरेर कस्तो रे
तो रे, रेलिमाई जोरेर कस्तो रे
तो रे, रेलिमाई जोरेर कस्तो रे

हा हा रेलिमाई हजुर हामी भेट
भयौँ, रेलिमाई सपना जस्तो रे
तो रे, रेलिमाई सपना जस्तो रे
तो रे, रेलिमाई सपना जस्तो रे

हा हा रेलिमाई लेकै फूल्यो लाली
गुराँस, रेलिमाई दख्खिन फुल्यो टाँकी
टाँकी, रेलिमाई दख्खिन फुल्यो टाँकी
टाँकी, रेलिमाई दख्खिन फुल्यो टाँकी

हा हा रेलिमाई हित र मिले चित्त
मिले, रेलिमाई के मै रह्यो बाँकी
बाँकी, रेलिमाई के मै रह्यो बाँकी
बाँकी, रेलिमाई के मै रह्यो बाँकी

बाँकी, रेलिमाई के मै रह्यो बाँकी