अचानोलाई थाहा होला चोट के हो खुकुरीको
कति लाग्छ माया अझै बिर्सीजाने निठुरीको
एक्लो परानी !
कहाँ गई मेटूँ म मनको बिरानी ?
नागबेली बाटोभरि उही आउँछे आँखाभरि
सम्झनाको कसिलो बन्धन भएर
हजारपल्ट भुल्न खोजे“ लाखपल्ट सम्झिएँ
आफ्नै मन पापी यो दुश्मन भएर
मैले हाँस्थे उसको खुसी मेरो आँसु उसले रुन्थी
आँखाआँखा मुस्काउँथे बात मारेर
सपना थिए सयथरि पापिनीले पाइला मोडी
हिँड्दाहिँड्दै बीच बाटो रात पारेर