Last modified on 25 सितम्बर 2016, at 21:27

अनपेक्षित / रमेश क्षितिज

बस्तीबाट हिजो जिन्दगी बसाई सरेर गयो
हा“सी बिदाई गर्न खोजेँ आँसु झरेर गयो

ईश्वरलाई सोधेँ झुपडीमा सवारी हुन्छ कि ?
बाटो मोडेर ऊ महलकै झोली भरेर गयो !

मन्दिरमा भीड छ भजनमा तल्लीन मान्छेहरू
कसलाई पर्वाह सडकमा मान्छे मरेर गयो

पसिना फलेको हेर्ने चाह थियो सबैलाई
तर जो आयो यहाँ भाषण गरेर गयो

जिन्दगी छाँद हाल्दैमा छेकिन्न क्या क्षितिज
तँलाई देखि उसले आँखा तरेर गयो !