Last modified on 7 जुलाई 2017, at 11:08

अनि सजाउनु / हरिभक्त कटुवाल



वसन्तमा फक्रिन आत्तुर यी फूलका बोटहरुलाई
फेरि एकपल्ट नङ्ग्याउन जान्छ यो पुसले मनपरी
पर्ख ! फागुनको बतास भएर खेलिदिउँला म तिमीहरुसँग
अनि सजाउनु आफैँलाई उमारेर नयाँ पालुवाहरु ।