Last modified on 16 मार्च 2017, at 14:32

अनुभूति : एक स्केच / मनप्रसाद सुब्बा


छातीभित्र कतानेर
हलुका कुत्कुती
अनि तरङ्ग
तरङ्ग ... रङ्ग ... ङ्ग ...

छातीको कन्दरामा
ओहो ! ओहो !! हो !!!
ध्वनि .. ध्वनि .. प्रतिध्वनि ...

हलुका टेक्दै
रूखका पात पातमा
एक एक पाइला घामको - -

चाँदी टल्केको दाँतको लहरमा दिन हाँस्छ मिरिरिरी...

आँखा आधा खोलेर
साँझ ढल्किन्छ
सपना र विपनाको दोसाँधमा
अनि साउती गर्छ कानैमा

रातले चुपचाप मुसारिरहन्छ मेरो छाती अनि आङ्