Last modified on 16 मार्च 2017, at 14:31

अनौठो आनन्द / मनप्रसाद सुब्बा


दुनियाँले देख्ला कि भनी
लुकाइराखेको
संसारले निन्दा गर्ला कि भनी
नदेखाइराखेको
मेरो निजी कमजोरी
आज तिम्रो सामुन्ने उदाङ्गो राखिदिएँ

अनि आह !
यस क्षण
यौटा अनौठो आनन्दले म
कता हो कता माथि उठेको छु –
यौटा निक्खुर जिन्दगी बाँच्नुको आनन्द !