Last modified on 11 जुलाई 2024, at 23:03

अन्त्यहीन कथा / सानु शर्मा

आँशुको थोपा
पानीको फोका ।

मायाको कथा
हावाको झोँका,
विश्वासको घर
नजरको धोका ।

आगतको सपना
विगतको व्यथा
कसैको प्रतीक्षा
अन्त्यहीन कथा ।