Last modified on 12 जनवरी 2023, at 14:23

अशक्तता / सुधा एम. राई

सड़कको किनारामा
अस्तव्यस्त र अचेतावस्थामा
उत्तानो परेकी छे
यौटी जुत्ता...
ग्लानि र क्षोभले असहाय
लड़ेको छ
अर्को जुत्ता
घोप्टो परेर त्यो माथि।