हाम्रो भेट नभएकै भए जाति हुन्थ्यो
कहाँ हिँड्ने सडकजस्तो मेरो छाती हुन्थ्यो
आधी बाटो एक्लाएक्लै नकाटेको हैन
सँगै हिँड्दा सुखदुःख नबाँडेको हैन
बीच बाटो हिँड्दाहिँड्दै कहाँ राति हुन्थ्यो
हाम्रो भेट नभएकै भए जाति हुन्थ्यो
सजाएको स्वप्न महल हेर्दाहेर्दै ढल्यो
विश्वासको दीयो निभ्यो कस्तो हुरी चल्यो
सधैँसधैँ एकान्त नै कहाँ साथी हुन्थ्यो
हाम्रो भेट नभएकै भए जाति हुन्थ्यो