आऊ न बसौँ पियारी मिर्मिरी झ्यालैमा
आऊ न बसौँ पियारी मिर्मिरी झ्यालैमा
छोरी जाऊँ तोरी ल्याऊँ मायालाई फोरी
सुख गर्नु दुःख गर्नु तिम्रै निम्ति गोरी
मिर्मिरी झ्यालैमा...
आऊ न बसौँ पियारी मिर्मिरी झ्यालैमा
सितार ल्याएँ गितार ल्याएँ लिने भए दिउँला
कर्के नजर मीठो अधर दिने भए लिउँला
मिर्मिरी झ्यालैमा...
आऊ न बसौँ पियारी मिर्मिरी झ्यालैमा
रङ्ग तिम्रो ढङ्ग तिम्रो देख्ता आफैँ बसेँ
ज्यानै जावोस् मानै जावोस् लान कम्मर कसेँ
मिर्मिरी झ्यालैमा...
आऊ न बसौँ पियारी मिर्मिरी झ्यालैमा