Last modified on 6 मई 2021, at 07:42

आखिर सबै सकिइगयो / सुमन पोखरेल

आखिर सबै सकिइगयो जतन शून्य थियो
के भो भनी सोधूँ भन्दा यो मन शून्य थियो

आगो जस्तो जलिरह्यो छाम्दा शून्य थियो
जीवनभर लाएको नाता सबै शून्य थियो
मुटु भन्नु के रैछ र सुन्दा धड्के जस्तो
अर्थ खोजी छामी हेर्दा धड्कन् शून्य थियो

बहँदै जाने बतासको जवाफ शून्य थियो
जीवन खोई सोधी हेरेँ आकाश शून्य थियो
जीवन भन्नु के रैछ र देख्दा बाँचे जस्तो
अर्थ खोज्दै बाँचिसक्दा जीवन शून्य थियो