आगो बलेको छ मुटुमा र पनि हाँस्ने बाहानामा छु
फेरि दिऊँ कि कतै आफ्नो नाम भन्ने चाहानामा छु
जिन्दगीको नाममा सधैं के आँसु बगाइरहनु !
लिने हो कि एक, दुई चुस्की जाम भन्ने चाहानामा छु
किनवेच नहुने अहँ ! भेटिनँ मैले यो दुनियाँमा
बिक्री छु सस्तो छ है दाम भन्ने चाहानामा छु
ठगिएँ म कयौंपल्ट, लुटे मलाई सब मिलिकन
सिकेको छु कृष्णबाट छलछाम भन्ने चाहानामा छु