Last modified on 2 जून 2017, at 12:25

आजभोलि पँधेरीमा पानी भर्ने / निमेष निखिल


आजभोलि पँधेरीमा पानी भर्ने छैन कोही
विपत्तिमा आफन्तकै दुःख हर्ने छैन कोही
 
अभावले अँगालोमा बारम्बार कस्दा पनि
नयनका आँसु पुछी खुसी छर्ने छैन कोही
 
चौबाटोमै यौटा मान्छे लडेको छ आँखैअछि
मान्छेलाई मान्छे सम्झी सामु पर्ने छैन कोही
 
हत्केलामा मुटु राखी हिँड्दा पनि 'निखिल'ले
आफ्नै मान्छे सम्झिएर माया गर्ने छैन कोही।