Last modified on 4 सितम्बर 2024, at 11:24

आज बिदाको दिन हो / पारिजात

प्रिये ! आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।

प्रिये ! आज आत्मसमर्पणको दिन हो के
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला
जसको पत्र-पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।

प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ?
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ ।

प्रिये !आज विदाको दिन हो ।