आज मादल बजेको किन?
गाउँघर दुनियाँ बिउँझाउन
सानो सानो रानीचरी लेकैबाट झर्यो
वल्लो गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो
परदेशीले खोला तर्यो उँधै दोभानैमा
वैंश चढ्यो लालुपाते फूलको जवानीमा
रातो सेतो गुराँस त्यो लेकैमाथि फुल्यो
सात रंगी इन्द्रेणीको नयाँ बाटो खुल्यो
घाम गए परैपरै छायाँ खसालेर
माया फर्क्यो वरवरै प्रीति अंगालेर
पात झर्यो फूल छैन गोलाइँचीको रुख
मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख
मेरो राजै यो देशको माया गरी बस
मोहनीले घरको माया पर लान हैन
दुखसुख झन्झटले भागिजान हैन
अर्कैको भाग्यतिर लोभिएर हैन
इष्टमित्र बन्धुसित टोलिएर हैन