Last modified on 2 जून 2017, at 12:17

आज म प्रेमको मातमा अल्झिएँ / निमेष निखिल


आज म प्रेमको मातमा अल्झिएँ
जिन्दगीको नयाँ प्रातमा अल्झिएँ
 
स्वर्गझैँ भो धरा अप्सरा हौ तिमी
हात ती थामदै हातमा अल्झिएँ
 
पुग्नु टाढा थियो ल73यको मार्गमा
लम्कँदालम्कँदै रातमा अल्झिएँ
 
भत्किए आस ती सुस्तरीसुस्तरी
घात नै घातको खातमा अल्झिएँ।