Last modified on 15 मार्च 2017, at 14:45

आदेश / सुमन पोखरेल

 
आदेशहरू त सुनिइरहिन्छ तल बसेपछि।
 
दाहिने नफर्क - देब्रे नसुत।
खुकुरी साथमा राख - हतियार छेउमा नराख।
साँझैमा सुत - मध्यरातसम्म काम गर।
झ्यालढोका खुल्लै राख - ढोकामा साँचो लगाओ।
एकभन्दा बढी नहिँड - एक्लै नहिँड।
आँखा खोलेर नहेर - चौबिसै घण्टा पहरा देओ।
भोकै नबस - केही पनि नखाओ।
कपडा नलगाओ - नाङ्गै नहिँड।
 
मैले बुझ्न सकेको छैन,
आदेश दिनेले किन सोच्न सक्दैन।