आधा जिन्दगी रित्तिइसक्यो भनेर कहिले शोक मनाएँ
अँझै बाँकी रहेछ ठानेर उत्सव मनाएँ
जसरी हेर्यो त्यस्तै देखिन्छ जिन्दगी बल्ल होस पाएँ
उज्यालोले मलाई देख्यो टाढा कतै फूलले मन सजाएँ
अँधेरीमा मितेरी गाँस्यो अनायसै काँडाले बार लगाएँ
जस्तो ठान्यो त्यस्तै भइदिन्छ जिन्दगी बल्ल ज्ञान पाएँ
देखाउन हाँसे कहिले आफूमाथि हाँसे आज होसमा आएँ
कहिले जीत पछ्याएँ कहिले हार सम्हालें अब पो थाहा पाएँ
जसरी चाह्यो त्यसरी भोगिन्छ जिन्दगी बल्ल चाल पाएँ