Last modified on 31 मई 2017, at 09:29

आफ्नै कविता पढ्दै गर्दा / सुवास खनाल


मन नपर्ने अस्पष्ट बिम्बहरू
कहि कतै नबुझिने रङहरूको झल्को
म एउटा बेतुकको कविता पढिरहेछु

सुन्दरताको अनुहारमा पोतिएको रङ
मेरै कविताको आभा हो भन्थे“
सोच्थे“ म
समयभन्दा सुन्दर
कविताहरू
लेखिरहेछु
तर बेकार
घमण्डको पर्खाल चढेर
एक्लै आकाश थाम्ने
हुटिट्याउ“ साहसमा उभिएको रहेछु
हरेक मानिस उल्टो उभिएको देख्ने
अनौठो साहस गरिरहेको रहेछु

अश्लील अश्लीलझै“
लाग्ने प्रतीकहरू
कही“ नभएका दोभासे शब्दहरू
जीवन असुहाउ“दो परिकल्पना
बेढङ्गले बुनिएका वाक्यहरू
अति कुरुप
शब्द सिलसिला
कविताको बेइज्जति लेखेर
सुन्दर कविता लेखे “भन्थे“

आज म
आºनै कविता पढ्दै गर्दा
आफै“ नरमाइलो मानिरहेछु ।