Last modified on 2 दिसम्बर 2020, at 22:39

आमा-१ / रेमिका थापा

आमाको झोलिएको काखीमुनि
छातीमुनि
घुस्रेर रोइरहने तरुणो छोरो ।

आमाले नै आङमा तुइँतुइँ बोकिहिँड्नुपर्ने
बलियो जवान छोरो ।

यसले त अरूको भाषै बुझ्दैन
यसले त अरूको हप्काइ खप्दैन।

अरूले जबर्जस्ती गर्ला
अरूले तर्साइदेला
अजातिले भेटे ज्यानै खाइदेला !
बुढेसकालको लाठी !

एकदिन आमाको जवान छोरो
सिपाहीको रगतपच्छे फुटेको खप्पर देखेर
ठहरै मऱ्यो।

तब आमा उठिन्
'खै कहाँ छ त्यो खड्कबहादुरको खुकुरी हँ ?'