Last modified on 10 दिसम्बर 2020, at 14:56

इन्धन / गुलजार / सुमन पोखरेल

साना थियौँ
आमा गुइँठा बनाउनु हुन्थ्यो,
हामी गुइँठामा अनुहार कुँद्थ्यौँ।
 
आँखा बनाएर, कान जोडेर
नाक उकासेर,
फेटा लाएको, टोपी लाएको,
मेरो गुइँठा, तेरो गुइँठा।
आफूले चिनेका नामहरूका गुइँठा बनाउँथ्यौँ।
 
बिहानै आएर खेल्ने गर्दथ्यो हँसिलो घाम
गोबरका ती गुइँठासँग।
साँझ अँगेनामा आगो जोरेपछि
झुम्मिन्थ्यौँ हामी अँगेना वरिपरि,
कुन गुइँठाको पालो आयो,
कसको गुइँठा खरानी भयो।
 
त्यो एउटा पण्डित थियो
एउटा बालक थियो
एउटा दशरथ थियो।
 
बर्सौँपछि घाटमा बसेर,
सोचिरहेछु यस रात; यस बेला म
बल्दै गरेको समयको अँगेनामा
अर्को एउटा साथीको गुइँठा
खरानी भयो।

...................................................................
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ ।