Last modified on 23 सितम्बर 2016, at 20:27

उखेलिएको फूल / रमेश क्षितिज

तिर्खाएको काकाकुलसरी भएँ
कुनै नमीठो भूलसरी भएँ
अनायासै उठी तिमी हिँडेपछि
म उखेलिएको फूलसरी भएँ

रहरहरू टाढिएर भागे
यी घर, आँगन बिराना लागे
सुकिसकेको मूलसरी भएँ
म भत्किएको पुलसरी भएँ

उदासी आई यहीँ बास माग्यो
मनमा ननिभ्ने डँढेलो लाग्यो
पासोमा परेवाको हुलसरी भएँ
म भीरको वनफूलसरी भएँ