Last modified on 7 जुलाई 2017, at 11:23

उनी / हरिभक्त कटुवाल


बादलविनाको आकाश जस्तै
कहिले उनी सम्पूर्ण जून-तारा लिएर खुलिदिन्छन्
कहिले फेरि वसन्तको वन जस्तै
मेरा आँखाहरुमा रङ्गीन उल्लास लिएर फुलिदिन्छन्
अरुको कुरा त खै म के बुझ्न सकूँ
जब आफैँलाई बुझ्‌न सकिनँ यो उमेरसम्म
म त दङ्गदास छु मेरा हजुरलाई पाएर
धेरैजसो उनी आफूले दिएका आश्वासनहरु भुलिदिन्छन् ।