Last modified on 25 अगस्त 2024, at 16:56

उमुक्ति / सुमन पोखरेल

बस्तुलाई बाँधेर राख्ने दाम्लो
आफैँ बँधेरिन्छ उसको गलामा
नदीलाई बाँधेर राख्ने किनारले
आफैँलाई खुम्च्याइरहन्छ उसको सीमिततामा ।

पग्लिएर स्वतन्त्र बग्नका लागि हिँउले
छोड्नुपर्छ चट्टानमाथिको आफ्नो वर्चश्व
उन्मुक्त बहन चाहने बतासले
त्याग्नुपर्छ रुखका पातमा निदाइबस्ने आफ्नो रहरलाई ।

उन्मुक्ति चाहनेले
मुक्त गर्नुपर्छ सबथोकलाई
पहिले आफूबाट ।