निदाउने विश्वस्त धरती थिएन
ब्यूँझने भरपर्दो आकाश थिएन ।
भग्न एउटा पृथ्वी थियो
जिर्ण एउटा समय थियो ।
चल्थ्यो आँधी दुख्थ्यो मन
हुन्थ्यो वर्षात झर्थ्यो आँशु ।
हजार / हजार रात थियो
हजार / हजार त्रास थियो !
पात खस्थ्यो
रुख झस्कन्थें !
प्वाँख झर्थ्यो
चरा तर्सन्थें !
तृप्ति / तृष्णाको
सागर / मरुभूमिमा
एक्लै हिँड्थें / एक्लै डुब्थें !
थियो कथा यस्तो मेरो
एक्लै बाँच्थें / एक्लै मर्थें !
०००