एउटा जीवन मैले डरले किचेर बाँचेँ
रहर त थिएन करले थिचेर बाँचे
फूल छुन खोज्दा काँडा औँला घोच्ने
जे सुकै खोजे पनि चोटै हात लाग्ने
कहिलेकाँही भ्रममा खुसी छोएर बाँचेँ
धेरैजसो तर आँसु रोएर बाँचेँ
भावनाको चासो छैन, बलको मान हुने
मान्छे भै सोच्न थाले कुकुर झैँ हाल हुने
आकाङ्क्षालाई कुल्ची पशु भएर बाँचेँ
कहिले कहिले केवल मासु भएर बाँचेँ