Last modified on 28 मई 2017, at 15:18

एउटा परदेशी आई / ललिजन रावल

एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो गाउँ

एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँखबिना उडी त्यसै कसरी म जाऊँ

शब्द - ललीजन रावल
स्वर - देविका वन्दना
संगीत - नरेन्द्र प्यासी