Last modified on 21 जून 2017, at 17:20

एकान्तको खलबलीले / यादव खरेल

एकान्तको खलबलीले मन भो भरंग
सम्झनाको भूमरीमा उठ्यो तरंग
कसलाई भनूँ मनको कुरा के भो भनेर
आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर

के भो भनी सोध्छन् मलाई साथी संगिनी
माया गर्ने आफन्त छन् भाइ बहिनी
के गर्नु यो माया सबको उसले नलाए
के गर्नु यो चाहना सबको उसले नचाहे

कस्तो ब्यथा केले पनि छुँदै नछुनी
आफ्ना सारा हुँदा पनि कोही नहुनी
मेरो रित्तो आकाशले जून नपाए
के गर्नु यो सारा संसार उनै नआए

शब्द - यादव खरेल
संगीत - सम्भुजित बासकोटा
स्वर - देविका प्रधान
एल्बम - नेपाली माया
चलचित्र - खहरे