Last modified on 16 मार्च 2017, at 14:47

एक सुस्केरा प्रेम / मनप्रसाद सुब्बा


प्रिये, तिमीलाई
मेरो हात समात्ने चाह भए
कुनै यौटा रूखको सामुन्ने जानू
अनि त्यही रूखको हाँगा समातेर
मेरो हातको स्पर्श थाह गर्नू


तिम्रो केशराशीलाई
मेरो हत्केलाले खेलाएको हेर्ने मन भए
बतास चलिरहने ठाउँमा आएर बस्नू
त्यही बतासको गतिलाई नै
मेरो हत्केलाको रिदम् ठान्नू


मेरो अनुहार हेर्ने मन भए
टाढाको कुनै पनि क्षितिज हेर्नू
अनि मेरो स्वर सुन्ने चाहना भए
कतै एकान्तमा बसी
ह्याम्लेटको सलिलकी पढ्नू