Last modified on 21 मई 2017, at 09:48

ए कान्छा ठट्टैमा / रत्न शमशेर थापा

केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो
केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला

केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फित्ता बाँधी आउनु २

केटा – अमुल्य हिरालाई फूलै फूलको डोरी
बाजालाई अघिलाई बैसाखमै आउँला

केटा – ओभानो सिउँदोमा सिन्दुर छरीदिउँला
सुनको चुराले नाडी सजाईदिउँला

केटि – सितारा जडेको घुम्टो म ओढी
सुस्तरी लाजले निहुरि म आउँला