कटु वचन भन्दा मुटुमा सङ्गीत प्यारो लाग्छ
बिती गएका केही पुराना दिन प्यारो लाग्छ
सपनाहरु पनि सबै छरिएका छन् जहीँ, तहीँ
मैसँगका विपना यी रङ्गीन प्यारो लाग्छ
जिन्दगीबाट साँच्चै ! कति टाढा भागेंछु– म
उभ्भिएर सोच्दा यसो, एकछिन प्यारो लाग्छ
उन्मुक्त हाँसेको देखिनँ, न रोएको देखें मैले
निर्दोष मुहार उनको मलिन प्यारो लाग्छ
गुमाएको बेलिबिस्तार के लगाऊँ तिमीसँग
बचाएरै राखेको लाज, घीन प्यारो लाग्छ