Last modified on 3 मई 2020, at 11:25

कति जीवन्त छ / गीता त्रिपाठी

कति जीवन्त छ त्यो तिम्रो हेराइ
लाग्छ भेटिएझैँ प्रेमको गहिराइ
 
हजार आँखाभित्र तिमी खुल्न सक्छौ
सायद आँखाहरूमै पनि फुल्न सक्छौ
जादु तिम्रो कस्तो गर्यौन के मलाई
लाग्छ भेटिएझैँ प्रेमको गहिराइ
 
म खोज्छु सबेरै छोडियौ कि भन्दै
टुटेका स्वप्नझैँ तोडियौ कि भन्दै
आफैँभित्र पाउँछु हराउँदा तिमीलाई
लाग्छ भेटिएझैँ प्रेमको गहिराइ