Last modified on 7 मई 2021, at 20:07

कति दुख्छु भित्रभित्रै / सुमन पोखरेल

कति दुख्छु भित्रभित्रै, मैले सहेको को देख्छ?
तिम्रा आँसु आँखा बाहिरै, म रोएको को देख्छ?

भेट हुन्छन्‌ जताततै मान्छे अनेकअनेक थरी
यता हाँस्छु, उता हाँस्छु, हाँसिरहन्छु दिनभरि
तर सधैँ रातरातभर, पागल भएको को देख्छ?
तिम्रा आँसु आँखा बाहिरै, म रोएको को देख्छ?

मुटु मेरो उफ्रिरहन्छ घाउ दुखाई आफैँ नै
पोलिरहन्छ एकनासले छातीभित्र सधैँ नै
मनभित्रका घाउलाई भित्रै धोएको को देख्छ?
तिम्रा आँसु आँखा बाहिरै, म रोएको को देख्छ?