Last modified on 22 जनवरी 2022, at 08:56

कसरी भनूँ म / कुसुम गजमेर

कसरी भनूँ म मनको कुरा यो
पहिलो पहिलो हो यो माया हजुरलाई
भनिदे’ न ए चरी मेरो हजुरलाई

सिरिरिरि लाग्छ जसरी पवन
नयाँ नयाँ लाग्छ धरती गगन
भनिदे’ न ए चरी मेरो हजुरलाई

खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
भनिदे’ न ए चरी मेरो हजुरलाई

पात पात अल्झियो थोपा खुसीको
मिठो मिठो गुन्जियो भाका गीतको
भनिदे’ न ए चरी मेरो हजुरलाई