Last modified on 23 जुलाई 2017, at 11:10

कहाँबाट आयो, आयो / दिनेश अधिकारी


कहाँबाट आयो, आयो
रुझाएर गयो बेइमानी
के–के गर्‍यो, के–के गर्‍यो
पानीपानी भयो मेरै मन पनि

हावाले दिन सकेन खुसी हेरेर गयो जून
घामले भन्थ्यो बिर्साइदिन्छु सकेन लाउन गुन
आगो रै’छ त्यसको बानी
छिनको छिनमै गर्नु गर्‍यो नि
पानीपानी भयो मेरै मन पनि

काँ खोज्न जाऊँ निठुरीलाइर्, के भनूँ भेटेर ?
म आफैँ पनि सक्तिनँ भन्न मैसँग खुलेर
तिर्खाको त्यो रै’छ खानी
छिनको छिनमै गर्नुगर्‍यो नि
पानीपानी भयो मेरै मन पनि