कहाँ पुग्छ कुन्नि मेरो जिन्दगानी
म आगो निचोरी पिऊँ भन्छु पानी
हुरीले सिकायो अडिन मलाई
झरीले बतायो नरुझ्ने उपाय
बगरबाट मैले सिकेँ पिउन प्यास
जति हो जीवनको अँध्यारो मिठास
सधैँ चोट फुल्ने म हात्तीको शिर
मभन्दा सजिलो म देख्दै छु भीर
खुसीको सकिन्छ सीमाना परन्तु
सकिँदैन पीडा— म त्यस्तै हुँदैछु