Last modified on 9 जुलाई 2017, at 10:40

कहिले माया घाम जस्तो / दिलिप योन्जन


कहिले माया घाम जस्तो कहिले माया पानी
हासी खुसी बिताउ हामी एक बारको जिन्दागानी ।

दुख साटे सुख मिल्छ जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ हाम्रो माया हरपल
कहिले माया फुल जस्तो कहिले माया काडा
हासी खुसी बिताउ हामी बाकी जिबन सारा ।

खुसी फुले जिबन भरी यही रहेछ स्वर्ग
सुख दुख जिबन सम्झे मायामा यही धर्म
कहिले माया दिन जस्तो कहिले माया रात
हासी खुसी बिताउ हामी नलागोस मायामा बात ।