Last modified on 1 मई 2020, at 22:11

कार्यालय / सुमन पोखरेल

कार्यालयभित्र
धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि
शासकद्वारा
बाढीको बर्सात्‌झैँ सस्तो ठानिएको
जनताका पसिनाले बनेका दराजहरू छन् ।
 
दराजभित्र छन्,
नोकरको जागिर खाएर मालिक भएकाहरूका
बदनियत र असक्षमता गनाउने फाइलहरू ।
 
जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको
एउटा वीभत्स इतिहास छ,
हाम्रा निर्लज्जताले लेखिइँदै गरेको
एउटा लाटो वर्तमान छ,
एउटा छरिपस्ट भविष्य छ ।
 
के तपाईँलाई थाह छ,
त्यो कार्यालयको नाम
सिँहदरवार हैन भने
के होला ?