किन उजाड देख्छु आज जिन्दगीका पाटाहरू
रगतले भिजे किन मैले हिँड्ने बाटाहरू।
सल्लेरीमा सुस्ताएर बिताएको पल छैन
हिजोजस्तै बगिदिने भावनाको भल छैन
मात्र उकुच पल्टिएका घाउ अनि खाटाहरू
रगतले भिजे किन मैले हिँड्ने बाटाहरू।
मान्छेभित्र हराएको मानवता खोजूँ भन्दा
विकृतिको भीडबाट सुकीर्तिलाई रोजूँ भन्दा
बज्रेका छन् शिरमाथि अनगिन्ती भाटाहरू
रगतले भिजे किन मैले हिँड्ने बाटाहरू।