किन ठोस्छौ अँगेनामा चिसै छ यो छाती
ठोसी बल्नुभन्दा हुन्छ नबलेकै जाती
भीरबाट खसूँ बरु चाहिँदैन तिम्रो काँध
मेरो बस्ती छेउबाट छुट्टी सक्यो तिम्रो साँध
धूवाँसँग मडारिन्छ ओसिएको छाती
ठोसी बल्नुभन्दा हुन्छ नबलेकै जाती
मेरो सुखसँग खेली दुःख पर्दा मुख मोड्यौ
भीरबाटोमा हात दिएँ, मूलबाटोमा आई छोड्यौ
यस्तो धोका खेपीखेपी जम्यो मेरो छाती
ठोसी बल्नुभन्दा हुन्छ नबलेकै जाती